- संगालोखबर सम्वाददाता
फायल तस्बीर

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट गराएको आरोपमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली–५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली–१ ओख्लेका रितु विक छन् । गत शनिवार ताम्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट भएको थियो । बिस्फोटबाट कार्यालयको ढोका, टेबल, कुर्सी, प्रिन्टर र भवनमा क्षति पुगेको छ ।

Advertisement

एउटा बम भने १८ घण्टापछि नेपाली सेनाको डिस्पोज गरेको थियो ।

सोही बिस्फोट घटनामा संलग्न भएको आरोपमा देवकोटा र विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!