- संगालोखबर सम्वाददाता

मोरङ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लावारी नगरपालिका–६ बाट हातहतियार र गोली गठ्ठासहित पक्राउ परेका छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ का ३२ बर्षीय शेर्पालाई पक्राउ गरेको हो । सो स्थानमा केही ब्यक्तिहरु हातहतियारसहित बस्दै आएको सूचनाका आधारमा शनिवार दिउँसो १ बजे गएको प्रहरी टोलीले शेर्पालाई पक्राउ गरेको हो ।

उनको साथबाट एक थान पेस्तोल, पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको प्रहरीले जनाएको छ ।

शेर्पालाई पक्राउ गरी उनीबिरुद्ध हातहतियार खरखजना मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!