- संगालोखबर सम्बाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–३ मा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बोलेरोले ठक्कर दिँदा तेह्रथुमको आठराई गाउँपालिका–६ का २५ बर्षीय केवल खवासको मृत्यु भएको हो ।

Advertisement

आईतवार साँझ सवा ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ ज ३११९ नम्बरको बोलेरोले ठक्कर दिँदा खवास गम्भीर घाईते भएका थिए । घाईते खवासलाई उपचारका लागि बि.एण्ड.सी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा साँझ करिव साढे ६ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!