- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका कोरोना संक्रमित एक बृद्धको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका कोरोना संक्रमित ८२ बर्षीय बृद्धको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान करिब ६ बजे मृत्यु भएको हो ।

Advertisement

श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार उनलाई नोबेल अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकै दिन पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनको उपचारकै क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसअघि मंगलबार पनि धनकुटा नगरपालिका–४ देब्रेबासकै कोरोना संक्रमित ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो । संक्रमण पुष्टि भएपछि घरमा ‘होम आईसोलेशन’ बसेका बेला उनको मृत्यु भएको हो । योसँगै धनकुटामा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या ८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । मृत्यु हुँनेमा २ महिला र ६ पुरुष छन् ।

प्रदेश १ का बिभिन्न ल्याबमा गरिएको पीसीआर परीक्षणमा हालसम्म धनकुटाका १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १२५ जना निको भईसकेका छन् । ६ जना आईसोलेशनमा छन् भने १४ जना ‘होम आईसोलेशन’ बसेका छन् । संक्रमण पुष्टि भएका धनकुटाका बाँकी १९ जना कहाँ र कस्तो अवस्थामा छन् भन्ने जिल्लाको सरकारी निकायमा रेकर्ड छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!