- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आईतबार १९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६/६, खोटाङमा ३, उदयपुरमा २, धनकुटा र पाँचथरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयलका अनुसार मोरङको विराटनगरमा ३४, सुन्दरहरैंचामा १३, रंगेलीमा ६, पथरी शनिश्चरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३/३, बुढीगंगा र उर्लाबारीमा २/२, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा १/१ जना संक्रमित थपिएका हुन् । सुनसरीको इटहरीमा ३६, धरानमा ६, बराहक्षेत्रमा ४, भोक्राहा नरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता झापाको दमकमा १२, भद्रपुरमा ८, कमल गाउँपालिकामा ७, शिवसताक्षी र अर्जुनधारामा ५/५, विर्तामोड र मेचीनगरमा ४/४, गौरीगञ्जमा १, गौरादह र कनकाईमा २/२ जनामा पनि संक्रमण देखिएको हो । त्यस्तै संखुवासभाको खाँदबारीमा ५ र सभापोखरीमा १, इलामको इलाम नगरपालिकामा ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा १/१, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी धनकुटाको धनकुटा नगरपालिकामा १ र पाँचथरको फिदिममा १ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ९० पुगेको छ । जसमध्ये २० हजार ८ सय ९९ संक्रमित निको भईसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका २९४ जना संक्रमित निको भएका हुन् । जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना संक्रमित पनि निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!