संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ को एक होटलमा आगलागी भएको छ । स्थानीय सोनाम शेर्पाले सञ्चालन गरेको यती माउन्टेन होम होटलमा आगलागी भएको हो ।

२ तले पक्की घरमा सञ्चालित उक्त होटलमा आईतवार बिहान ९ बजे बिद्युतको तार सर्ट भई आगो लागेको हो । ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासीले पाँच घण्टापछि दिउँसो करिब २ बजे आगो नियन्त्रणमा लिएका छन् ।

Advertisement

आगलागीबाट होटलका सम्पूर्ण समान जलेर नष्ट हुँदा दुई करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!