संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी–८ का तारा सापकोटा बैदेशिक रोजगारीका लागि नर्वे जाने तयारीमा थिए । उनको भिसा लागिसकेको थियो । एजेन्टले १३ लाख रुपैयाँ ठीक पारेर आउन भनेकाले सापकोटाले ऋण खोजेर पैसा तयार पनि गरे । तर, अन्ततः उनको ध्यान मोडियो । बिदेश जान तयारी भएका सापकोटा अहिले आफ्नै ठाउँमा ड्रागन खेतिमा जमेका छन् ।

Advertisement

नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर बजेट सार्वजनिक गरेपछि गाउँमै केही गर्न सकिने आशा पलाएर ड्रागन खेतिमा लागेको सापकोटा बताउँछन् । ‘मैले दुई÷तीन कठ्ठा जमिनमा ड्रागन फुडको खेति गर्ने योजना बनाएको थिए । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुनाउँदा उहाँहरुले नगरपालिकाले साथ दिने प्रतिवद्धतासहित हौसला दिँदै १० कठ्ठामा खेति गर्न सुझाव दिनुभयो ।’ सापकोटा भन्छन्–‘नगरपालिकाको साथ र सहयोगका कारण नर्वेको भिसा त्यागेर ड्रागन खेतिमा लागेको हुँ ।’

ड्रागन खेति गर्ने सापकोटा बेलबारीका पहिलो कृषक हुन् । उनले बैदेशिक रोजगारीमा जान तयार गरेको १३ लाख रुपैयाँ ड्रागन खेतिमा लगानी गरेका छन् । आईतबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सापकोटाकोमा ड्रागन फुडका विरुवा रोपेका छन् । विरुवा रोप्दै मेयर सुवेदीले आफ्नै माटोमा पसिना बगाउँछौ, केही गर्छौ भन्नेलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

कृषिलाई नै लक्षित गरेर नगरपालिकाले बिना धितो सहुलियत कर्जा बापत २ प्रतिशत ब्याजदरमा समूहमा खेति गर्नेहरुलाई ५ लाख ऋणसमेत दिने कार्यक्रम अगाडि बढाएको छ । जसका लागि बेलबारीमा रहेका बैकसँग नगरपालिकाले सहकार्य गरेको छ । यसबाट २० करोड भन्दा बढी पैसा कृषकसम्म पुग्ने आंकलन गरिएको छ । नगरपालिकाले युवाहरुलाई नै उद्यमी बनाउने उदेश्यले गरिवसँग नगरपालिका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

चालु आर्थिक बर्षमा पावर टिलर, मकै थ्रेसर, मिनि टिलर, ड्रागन फुड, खेति तथा गोलासहितको माहुरीको घार बितरण गर्ने कार्यक्रमसमेत अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । बेलबारीका ११ वटै वडाले ५ लाख मूल्य बराबरको फलफुलको बिरुवा कृषकलाई बितरण गर्ने गरी नगरसभाबाट नगरपालिकाले पास गरेको छ । नगरपालिकाले यस अघिनै एक वडा एक उत्पादनको कार्यक्रमसमेत अगाडि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!