- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा सोमबार २१४ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३/३, तेह्रथुम र भोजपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २/२, हल्दिबारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै, सुनसरीको इटहरी र धरानमा २०/२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १/१ जना संक्रमित भेटिएका छन् । मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २/२, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, संखुवासभाको चैनपुरमा १, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा ९, पाथिभरा याङवरकमा १, खोटाङको खोटेहाङमा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १ जना संक्रमित थपिएका छन् । यता, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । तेह्रथुमको लालिगुराँसमा १ र भोजपुरको आमचोकमा १ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय १८ पुगेको छ । जसमध्ये २० हजार ९ सय ९० जना निको भएका छन् ।

सोमबार पनि प्रदेश १ बाट ९१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८७ जना कोरोनामुक्त भएका छन् । मेची अस्पतालबाट ३ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!