- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा बुधबार ३६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६/६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३/३, सुन्दरहरैंचा र कटहरीमा २/२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १/१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २/२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यता, सुनसरीको इटहरीमा २८, धरानमा १३, रामधुनी र इनरुवामा ५/५, दुहवीमा २, भोक्राहा नरसिंह र गढीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १/१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको लालीगुराँसमा १ र उदयपुरको कटारीमा १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ । जसमध्ये २१ हजार २८९ जना निको भईसकेका छन् ।

प्रदेश १ मा आज १३८ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेशनमा रहेका १३७ जना निको भएका छन् भने मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!