संगालोखबर सम्बाददाता

धनकुटा । नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब भिड्ने भएका छन् । सहिदभूमि गाउँपालिका–१ सफाइटारमा जारी प्रतियोगिताको दिउँसो हुँने फाइनल खेलमा अजम्वरी र नाम्जे युवा क्लव आम्नेसाम्ने हुन लागेका हुन् ।

Advertisement

माहाङ युवा क्लब सहिदभूमि–७ लाई सेमिफाइनलमा १–० गोल अन्तरले पराजित गर्दै फेदीस्थित अजम्वरी युवा क्लब फाइनल पुगेको हो । यता, दोस्रो सेमिफाइनल खेलमा तमोर फुटबल क्लवलाई ३–० गोलले हराउँदै नाम्जे युथ क्लबले फाइनलको यात्रा तय गरेको हो ।

सहिदभूमि–१ स्थित मितेरी युवा क्लवको आयोजनामा माघ १६ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेताले १ लाख र उप–विजेताले ५० हजार नगद पुरस्कार पाउँने आयोजक मितेरी युवा क्लबका संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!