कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, कांग्रेसबाट मन्त्री थपिने, माओवादी विपक्षमा
विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकारमा पनि फेरबदल हुने भएको छ । केन्द्रमा मुख्य दुई पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसारप्रदेश सरकार पुनर्गठनको तयारी सुरु गरिएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीहरुलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । हाल प्रदेश सरकारमा एमाले र म...




























