काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात
झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर प...































