धनकुटामा २६ हजार गाँजाको बोट नष्ट
धनकुटा । धनकुटामा २६ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । विभिन्न स्थानमा आफैँ उम्रिएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले नौ हजार तीन सय गाँजाको बोट नष्ट गरेको छ ।
सहिदभूमि गाउँपालिका-५ को १३ रोपनी क्षेत्रफलबाट उक्त गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । साँगुरीगढी गाउँपालिका-८ को पाँच रोपनी क्षेत्रफलबाट सात हजार र पाख्र...































