संगालोखबर

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अझै फेला परेका छैनन् ।

Advertisement

उनीहरू कक्षा ८ मा पढ्दै थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईका अनुसार बुधबार साँझदेखि नै उनीहरूको खोजी थालिएको थियो ।

‘अहिले उक्त स्थानमा पानीको सतह बढेको भन्ने कुरा छ’, उनले संगालोखबरसँग भने, ‘खोजीकार्य तीब्र पारिएपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।’

उनीहरूको खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग पनि समन्वय गरिएको इन्स्पेक्टर राईले जानकारी दिए । घटना कसरी भयो भन्ने यकिन खुल्न बाँकी भइरहेको र खोजीसँगसँगै आवश्यक अनुसन्धान पनि भइरहेको उनको भनाइ छ ।

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!