सुनसरीको इनरुवाबाट डेढ क्विन्टल गाँजासहित युवक पक्राउ
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-७ चाँदवेलाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय आदित्य चौधरी छन् ।
सशस्त्र प्रहरीले आज बिहान चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । उक्त गाँजाको तौल एक क्विन्टल ५३ किलो ...






























