विराटनगरको रथयात्रामा संकलन भएको भेटी राहत कोषमा जम्मा
विराटनगर । विराटनगरमा शनिबार सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
रथयात्रामा संकलन भएको २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ रकम आज कोषमा जम्मा गरिएको हो । राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत रकम कोषमा जम्मा गरेको छ ।
कोषमा रकम जम्मा गरिएको भौचर राधाकृष्ण रथयात्रा आयोजक समितिका...































