संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-८ स्थित तमोर नदी किनारमा रहेको ढुङ्गामा फसेका युवाको गएराती सकुशल उद्धार गरिएको छ ।

रगुवा खोलाको पुल निर्माण गर्ने काममा खटिएका समिनारायण कन्ट्रक्सनका कामदार मोरङको ग्रामथान गाउँपालिका-१ का २८ वर्षीय अर्जुन सरदारलाई राती करिब १२ बजे उद्धार गरेर निकालिएको हो ।

उनी दशैँमा घर जान मुलघाट निस्किने क्रममा तमोर नदीमा पौडी खेल्दै पारी तरेपछि बाटो नभेट्दा अलपत्र परेका थिए ।

खोला किनारमा फसेको जानकारी पाएपछि पुगेको प्रहरी र स्थानीय युवाहरूको टोलीले उनलाई वैकल्पिक बाटोबाट गएर सकुशल उद्धार गरेको उद्धारमा खटिएका धनकुटाबाट प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!