माेरङकाे रंगेलीबाट चोरीका सामानसहित एक जना पक्राउ
विराटनगर । माेरङकाे रंगेलीबाट ट्रयाक्टरको ब्याट्री र पानी तान्ने मेशिन चोरी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-६ लभ टोली बस्ने २६ वर्षीय संजय मण्डल छन् ।
आइतबार रंगेली नगरपालिका–६ थाना टोल बस्ने प्रमोद कुमार साहको घरअगाडि राखेको मे १ त ३०१२ नम्बरको ट्रयाक्टरबाट एक थान ब्याट्री र सोही वडाको संसारी मन्दिरभित्र जडान गरिएको दुई थान पानी ...



























