संखुवासभाको वानामा बन्यो प्रहरीको नयाँ भवन
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-७ वानामा मा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण भएको छ । सातवटा कोठासहितको नयाँ भवन बनेपछि अब सहज हुने भएको छ ।
नवनिर्मित भवनको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गरी उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा मनोबल उच्च हुनुका साथै सुबिधासम्पन्न भव...




























