संगालोखबर

विराटनगर । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले बगाएर बेपत्ता भएका मोरङको सुन्दरहरैँचाका दुईजना महिला अझै फेला पर्न सकेका छैनन् । बाढीले हिजो अपराह्न एकै परिवारका चार जनालाई बगाएको थियो ।

Advertisement

माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजनालाई बगाउँदा एकजनाको मृत्यु भएको थियो । बगेर स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी र उनकी २५ वर्षीया जेठी बुहारी फुला चौधरी छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरीलाई भने उद्धार गरिएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार बेपत्ता भएकाहरुको खोजी भइरहे पनि फेला पार्न सकिएको छैन । इलाका प्रहरी कार्यालय इटहरीको टोली र स्थानीय बासिन्दा मिलेर बेपत्ता भएकाहरुको खोजी गरेका थिए । आज पनि खोजी कार्य जारी रहने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!