संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । धरान उपमहानगरपालिका–१७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको महिलाको मृत्यु भएको छ । प्र–१–०२–०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट स्थानीय ३९ वर्षीया रत्नकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!