संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब १२ करोड २० लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमादेवी खनालले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

Advertisement

बजेटमा चालुतर्फ ५१ करोड २३ लाख ४० हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ६० करोड ७७ लाख ३६ हजार छुट्याइएको छ । संघीय सरकारबाट आउने समानीकरण अनुदान १२ करोड ७८ लाख, सशर्त अनुदान ६८ करोड २० लाख ९३ हजार तथा समपूरक अनुदान १ करोड ५ लाख रहने जनाइएको छ ।

यसैगरी, बजेटमा विशेष अनुदानवापत २ करोड ७० लाख, प्रदेशको समानीकरण अनुदान ८० लाख ३५ हजार, सशर्त अनुदान १ करोड ५३ लाख ८३ हजार रहने अनुमान छ । यस्तै, प्रदेशको समपूरक अनुदान १ करोड ३० लाख रहने उपप्रमुख खनालले उल्लेख गरिन् ।

आन्तरिक स्रोतबाट १० करोड ८९ लाख ५२ हजार प्राप्त हुने उल्लेख गरिएको छ ।

यस्तै, राजश्व बाँडफाँटतर्फ संघीय सरकारबाट १० करोड ५६ लाख, प्रदेश सरकारबाट ७६ लाख ९२ हजार, स्थानीय र मालपोत गरी ६० लाख, सडक बोर्डबाट ९० लाख रहने जनाइएको छ ।

बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन लगायत विषयलाई प्राथमिकतामा राखिएको छ । सोही अवसरमा नगर प्रमुख तामाङद्वारा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको प्रवक्ता जमसेर राईले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!