संगालोखबर

विराटनगर । खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरापमा पक्राउ परेकामध्ये ६ जनालाई थुनामा पठाइएको छ ।

Advertisement

काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत ट्राफिक प्रहरी जवान गत जेठ ३ गते हत्या भएको थियो । हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जनामध्ये ६ जनालाई थुनामा पठाइएको हो । एकजना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ ।

हत्यामा संलग्न रहेको आरोप लागेकाहरु भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया कार्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन् ।

यसैगरी, सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङलाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ । १७ वर्षीया एक किशोरीलाई भने बाल सुधार गृहमा पठाइएको छ । १३ वर्षका अर्का एक बालकलाई अदालतको आदेशअनुसार परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान घिमिरेको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो । हत्या गरी कालो म्याट्रेसले शव छोपिएको थियो । ट्राफिक प्रहरीको पोशाक र बुट भने जलाइएको अवस्थामा भेटिएको थियो ।

खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!