संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर तथा सर्पदंशले दुई बालबालिकाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१४ को फुलबासा खोलामा डुबेर हिजो साँझ स्थानीय बामरा सन्थालका २० महिने छोरा रिहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्न घरबाहिर निस्किएका उनी निकै बेरसम्म नआएपछि खोजी गरिएको थियो । त्यस क्रममा फुलबासा खोलामा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

यसैगरी, झापाको कचनकवलमा गोमन सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–३ का हरि राजवंशीकी छोरी १३ वर्षीया मनिषा राजवंशीको सर्पदंशका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!