संगालोखबर

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट खारेज हुने फैसला गरेको हो ।

Advertisement

सर्वोच्च अदालतले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकीर गरेका थिए । प्रदेश प्रमुखले आफू मुख्यमन्त्री हुँदाहुँदौ अर्को मुख्यमन्त्रीलाई नियुक्त गर्नु असंवैधानिक भएको उनले तर्क गरेका थिए ।

केन्द्रमा गठबन्धन फेरिसँगै संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री भएका केदारलाई हटाएर एमालेका हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । माओवादीले समर्थन फिर्ता लिएको एक महिना अर्थात् वैशाख २६ गतेभित्र केदारले प्रदेशसभाबाट विश्वासको मत लिने सुरसार नगरेपछि संकल्प प्रस्तावमार्फत उनले विश्वास गुमाएको प्रमाणित गरिएको थियो । त्यसैको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले केदारलाई पदमुक्त गरेर हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सर्वोच्च पुगेको थियो । एमाले र माओवादीका ५२ जना सांसदको हस्ताक्षरसहित हिक्मतले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!