संगालोखबर


सुनसरी । इटहरी उपमहानगरपालिकाले विवादका बीचमा आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ । सोमवार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका हुन् ।

एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम १०९ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति तथा हस्ताक्षर रहेको उपमहानरको जिकिर छ ।

Advertisement

वडाध्यक्ष पोखरेलले पेस गरेको बजेटमा चालुतर्फ रु एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ दुई अर्ब १५ करोड ६० लाख रहेको छ । इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख वित्तीय व्यवस्थातर्फ बजेट व्यवस्थापन गरेको छ । पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड बजेट र नगरस्तरका योजनामा ४५ करोड समावेश गरिएको छ ।

प्रस्तुत बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान २९ करोड ५६ लाख, सङ्घीय सशर्त अनुदान चालु खर्चतर्फ ४९ करोड ४३ लाख १५ हजार, सङ्घीय सशर्त अनुदान पुँजीगत खर्चतर्फ ८१ करोड ९३ लाख ११ हजार छ । सङ्घीय समपुरक अनुदान चार करोड, सङ्घीय विशेष अनुदान पाँच करोड, प्रदेश समानीकरण अनुदान एक करोड ९४ लाख ४५ हजार र प्रदेश शसर्त अनुदान चालु खर्चतर्फ ३२ लाख ३८ हजार छ ।

प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ दुई करोड ४४ लाख, प्रदेश समपुरक अनुदान एक करोड ७७ लाख, सङ्घीय राजस्व बाँडफाँट १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) दुई करोड ३३ लाख ४१ हजार र प्रदेश राजस्व बाँडफाँट (मालपोत रजिष्ट्रेशन) ५६ करोड अनुमान गरिएको छ । इटहरी उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट ९६ करोड उठाउने लक्ष्य राखेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!