संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कृषकहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले आँप र लिचीका कलमी बिरुवा वितरण गरेको हो ।

Advertisement

गाउँपालिका भित्ररहेका तीनवटा कृषक समूहलाई १ हजार १२५ वटा आँपका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिए । यस्तै, गाउँपालिकाले प्लाष्टिक पोखरी पनि वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले प्लाष्टिक पोखरी वितरण गरेको हो । १६ वटा कृषक समूहलाई २० वटा प्लाष्टिक पोखरी वितरण गरिएको प्रमुख राईले जानकारी दिए ।

गाउँपालिकाले अन्य क्षेत्रमा जस्तै कृषकका लागि पनि विभिन्न काम गरिरहेको अध्यक्ष मनोज राईले बताए । आगामी दिनमा पनि गाउँपालिकाले कृषकका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की, कृषि शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!