संगालोखबर


खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-३ मा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो काठमाडौंबाट बाक्सिला आउँदै गरेको ना १ ज ७१८१ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट पल्टिएको थियो ।

टायरमा बाँसको भाटो अड्किएपछि रोकेर निकाल्ने क्रममा आफैँ अनियन्त्रित भएर गाडी सडकबाट करिब दुई सय मिटर तल झरेको थियो । दुर्घटनामा केपिलासगढी-१ का ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते भएका राई जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा मृत्यु भएको हो । चालक ऐँसेलुखर्क गाउँपालिका-१ का शत्रुधन राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!