पाँचथर । चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाँचथर सदरमुकाम फिदिममा जारी गोल्डकपमा विराटनगर सिटी फुटबल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुगेको हो ।
चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे । यस्तै फोफोनाले एक गोल गरे । विराटनगरका लागि सुमन चौलागाईँले सान्त्वना गोल गरे ।
चर्च ब्वाइजले भोलि हुने पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबसँग खेल्नेछ । खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
आज हुने अन्तिम क्वाटर फाइनलमा न्यू रोड टीम एनआरटी र सहलेस युवा क्लब भिड्ने छन् ।