संगालोखबर

धनकुटा । धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन गरेको छ ।

सभाले धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को संशोधित विनियोजन ऐन, दृष्टिबन्धक समस्या समाधान सम्बन्धी कार्यविधि, प्रज्ञा प्रतिष्ठान ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, राजस्व ऐन, सवारी तथा यातायात व्यवस्थापन ऐन, आधारभूत स्वास्थ्य (सञ्चालन तथा व्यवस्थापन) ऐन पारित गरेको छ ।

त्यस्तै, २०८१ साउन १ देखि पुस ७ गतेसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरू नगर सभाले अनुमोदन गरेको छ ।कार्यपालिकाबाट स्वीकृत भई सभामा पारित गर्नका लागि उपप्रमुख भीमादेवी खनालले संशोधित विनियोजन ऐन प्रस्तुत गरेकी थिइन् ।

पारित कार्यविधि तथा ऐनहरू विधायन समिति सदस्यहरू रसबहादुर राई, कृष्णमाया श्रेष्ठ, जमसेर राई, टंक रोइला, मन्जु कार्की र मनकला लिम्बुले प्रस्तुत गरेका थिए ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!