संगालोखबर

विराटनगर । विराटनगरको सिंघिया खोला किनारमा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । विराटनगर महानगरपालिका–१४ जतुवामा फेला परेकी महिलाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार सडेको अवस्थामा महिलाको शव भेटिएकाले तत्काल पहिचान हुन नसकेको हो ।

Advertisement

गएराति फेला परेको शव सडेको अवस्थामा पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

मृतक महिलाको पहिचानका लागि खुल्ने जति हुलिया सहितको सूचना जारी गरिएको जनाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाउँदै मृतक महिलाको पहिचान खुल्ने जानकारी खोज्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!