संगालोखबर

विराटनगर । नेकपा एमाले मोरङका सबै जनसंगठनहरु वर्षासँगै आउने विपद व्यवस्थापनको पूर्वतयारीमा जुटेका छन् । पार्टी कार्यालयमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले वर्षायाममा हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सक्रिय हुने निर्णय गरेको हो ।

Advertisement

संयन्त्रका प्रमुख रबिन थापाको संयोजकत्वमा २३ वटै जनसंगठनका जिल्ला अध्यक्षहरु रहने गरी कार्यदल गठन गर्दै विपद व्यवस्थापनमा लाग्ने तयारी गरिएको प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले बताए ।

कार्यदलले वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको पहिचान गरी सावधानी अपनाउन तीनवटै तहका सरकारको ध्यानाकर्षण गराउँदै विपद् आइपरे तत्काल उद्धार र राहतमा खटिन सबै जनसंगठनलाई तयारी अवस्थामा राखिने संयन्त्रका प्रमुख थापाले बताए ।

बैठकका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले जनताको सुख दुःखमा एमालेका कार्यकर्ता साथमा हुनुपर्छ भन्दै आइपर्न सक्ने विपदमा सबै जनसंगठन अग्रपक्ति उभिनुपर्ने बताए ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायत नेताहरुले जनताका हरेक सरोकारका विषयमा एमालेका कार्यकर्ता साथमा हुनुपर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!