संगालोखबर

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले स्थापना गरेको पुरस्कार यो वर्ष सातजना स्रष्टालाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएका कवि निबन्ध तथा आख्यानकार भुवन ढुङ्गानालाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

Advertisement

यसैगरी, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार महेश संस्कृत गुरुकुलम् देवघाट तनहुँलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार हास्य व्यंग्यकार लक्ष्मण नेवटियालाई, दिनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कथाकार वनमाली निराकारलाई प्रदान गरिने भएको छ । ती पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ ।

यसैगरी, २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार कवि गजलकार मधु पोखरेललाई र त्यति नै राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय शकुन्तला मन्जरी र चेतना अधिकारीलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । घोषित पुरस्कार असार २९ गते भानु जयन्तीका अवसरमा विशेष साहित्यिक समारोहकाबीच विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका सचिव दिङ्लाली कान्छोले जानकारी दिए ।

निजी स्तरमा २०३९ सालमा स्थापना गरिएको प्रतिष्ठानले हालसम्म १०० भन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत गरिसकेको जनाएको छ । यस्तै, संस्थाले विभिन्न लेखकका पाँच दर्जनभन्दा बढी विभिन्न विधाका कृति प्रकाशन गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!