विराटनगर । आफन्तको बिहेमा सहभागी हुन विराटनगर आएका सुनसरीको दुहबीका २३ वर्षीय अक्लेशकुमार यादवको हत्याका आरोपी युवक पक्राउ परेका छन् । हत्यामा संलग्न भनिएका विराटनगर–४ का २४ वर्षीय गणेश यादव सुनसरीको लौकहीमा पक्राउ परेका हुन् ।

Advertisement

विराटनगर–४ मा ठूलीआमाकी छोरीको बिहेमा सहभागी हुन आएका अक्लेशलाई छुरा प्रहार गरी गणेश फरार बनेका थिए । प्रहरीका अनुसार उनलाई आज दिउँसो पक्राउ गरिएको हो ।

सामान्य विवादका क्रममा गणेशले बुधवार राति अक्लेशमाथि छुरा प्रहार गरेको प्रहरीको भनाइ छ । बायाँ कोखामा चोट लागेको अवस्थामा नोवेल शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!