संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । आफन्तको बिहेमा सहभागी हुन आएका सुनसरीको दुहबीका एक युवकको विराटनगरमा हत्या भएको छ । दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

अक्लेशकुमार विराटनगर महानगरपालिका–४ इक्राहीस्थित ठूलोबुवा रामलोचन यादवको घरमा आएका थिए । बिहेमा सहभागी हुन आएका उनलाई विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहे सकिएपछि गणेश र अक्लेशबीच भनाभन भएको थियो । त्यसपछि मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा अक्लेशलाई राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमण गर्ने गणेश फरार भएकाले उनको खोजीसँगै घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!