संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायले मौलिक पहिचान सहितको भेषभूषा तथा नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा प्रदर्शनी गरिएको हो ।

Advertisement

विराटनगरको संगम पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा विराटनगरका विभिन्न जातीय संस्थाका प्रतिनिधिहरु भेला भेला भएर कार्यक्रम गरेका थिए । कार्यक्रममा किराँत राई यायोक्खाले साकेला नाच, किराँत याक्थुङ चुम्लुङले च्याब्रुङ अर्थात् केलाङ नृत्य तथा किराँत याक्खा छुम्माले याक्खा जातिको मौलिक नृत्य डोकेनी अर्थात् साङदाङ प्रदर्शन गरेका थिए ।

त्यसैगरी, नेवार समुदायले धिमे बाजा प्रदर्शन गरे भने तामाङ समुदायले सेलो नृत्य प्रस्तुत गरेका थिए । मगर समुदायले हुर्रा नृत्य, उराँव समुदायले आफ्नो मौलिक नृत्य कर्माधर्मा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महांसघ मोरङका जिल्ला अध्यक्ष दिलबहादुर थेवे, नगर समन्वय परिषद् सचिवालयका अध्यक्ष सुरेश सिंह गनगाइ, लगायतले नगर भित्रका जातीय संस्थाहरु आपसमा मिलेर हक अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए ।

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरमा विभिन्न १८ वटा जातीय संस्थाहरु आबद्ध छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!