संगालोखबर

विराटनगर । मोरङको धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारका लागि ‘आभा फाउन्डेसन’ ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जीवन चलाउनु पर्ने बाध्यता भएकाले सहयोग गरिएको हो ।

Advertisement

आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उनीहरूले यो प्रयास पर्याप्त नभएको बताउँदै समुदायका अन्य सदस्यहरूलाई पनि सहयोग गर्न आह्वान गरेका छन् ।

‘हामीले गरेको सहयोग मात्र पर्याप्त छैन, फाउन्डेसनकी अध्यक्ष साहले भनिन्, ‘हामी समुदायका सबै सदस्यहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गर्दछौं । सहयोग गर्न इच्छुक व्यक्तिहरूले लक्ष्मी साहलाई ९८१०५५०१२४ नम्बरमा सम्पर्क गर्न सक्ने आभा फाउन्डेसनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!