संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको रंगेलीमा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन् । रंगेली नगरपालिका–९ का ६० वर्षीय कात्तिकचन्द ऋषिदेव बिहिवार अपराह्न खेतमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

खेतको आली लगाउने र रोपाइँका लागि तयार गर्ने काम जिम्मा लिएका उनी केही दिनदेखि काम गर्दै आएका थिए । प्रहरीका अनुसार काम गरिरहेकै अवस्थामा उनी मृत फेला परेका हुन् ।

Advertisement

स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई रंगेलीस्थित अस्पताल पुर्याएको जनाइएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!