संगालोखबर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारी चोकमा बुधबार मध्यराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । राति करिब पौने १२ बजे भएको दुर्घटनामा तीनजना घाइते भएका छन् ।

Advertisement

कोशी राजमार्गमा पर्ने टंकिसिनवारी चोकमा प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल आपसका ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय राजु साहुको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार स्कुटरमा पछाडि सवार सुनसरीको कोशी गाउँपालिका–१ का ३६ वर्षीय योगेन्द्र शाह र ३० वर्षीय सुरज साह गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ का २९ वर्षीय कृष्ण माझी पनि गम्भीर घाइते भएका छन् । घाइते सबैको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!