संगालोखबर


विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च नेपालले सार्वजनिक गरेको घोषणा पत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएका छन् ।

सभामुख विष्टले मञ्चको १० औं सम्मेलनले सार्वजनिक गरेको घोषणापत्र मुख्यमन्त्री कार्कीलाई बुझाएका हुन् । घोषणापत्रमा सङ्घीयता र संविधान कार्यान्वयनदेखि संसद्को आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् ।

Advertisement

गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको प्रदेश र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षहरूको सम्मेलनले उक्त घोषणापत्र सार्वजनिक गरेको थियो ।

सम्मेलनले सङ्घीयता र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सातवटा महत्त्वपूर्ण प्रतिबद्धताहरू सार्वजनिक गरेको हो । जसमा संघीयता र संविधान कार्यान्वयनका लागि तीनवटै तहको कानुन निर्माणमा समन्वय हुनुपर्ने, कानुन कार्यान्वयन र विधायिका परीक्षणको कार्यलाई प्रभावकारी बनाउनुपर्ने समावेश गरिएको छ ।

यस्तै संसदीय बजेट कार्यालयको स्थापना र संसदीय गतिविधिहरूको प्रसारणका लागि संसद्को आफ्नै च्यानल र डिजिटल प्लेटफर्म नीति प्रयोगशालाको सञ्चालन गर्ने विषय उल्लेख छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!