नम्रता न्यौपाने/संगालोखबर

विराटनगर । माघे संक्रान्तिका कारण तरुल, सुठुनी लगायत कन्दमूलको व्यापार बढेको छ । हाट बजार तथा पसलहरूमा सोमबार बिहानैदेखि चहलपहल छ ।

Advertisement

मङ्गलबार, माघ १ गते अर्थात माघे संक्रान्ति पर्व भएकाले बजारमा कन्दमूलको व्यापार बढेको हो । विराटनगरको गुद्री बजारसहित हटियाहरूमा पनि चहलपहल बढेको छ । विराटनगरका व्यापारीहरूले तराईका विभिन्न क्षेत्रसहित पहाडी जिल्लाबाट कन्दमूल ल्याएर बिक्री गर्ने गरेका छन्  ।

प्रतिकेजी ८० देखि १ सय रुपैयाँ सम्ममा तरुण बिक्री भइरहेको छ । अघिल्ला वर्षहरूको तुलनामा यो बर्ष व्यापार केही कम भएको व्यापारीहरू बताउँछन् । तरुल लगायत कन्दमूललाई पुस मसान्तमा उसिनेर माघे संक्रान्तिमा खाने चलन छ । यस्तो परिकारले न्यानो प्रदान गर्ने भएकाले जाडो याममा खानु उपयुक्त मानिन्छ । 

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!