संगालोखबर


विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्ती मनाइएको छ । कोशी प्रदेशसभा सचिवालयले आज बिहान एक कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सचिवालय परिसरमा राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदान-प्रदान गरे ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित भई गत वर्षको पुसमा सभामुख बनेका विष्टले गणतन्त्रपछि साझा रूपमा कोशी प्रदेशसभामा पहिलोपटक पृथ्वी जयन्ती मनाएका हुन् ।

छरिएर रहेका स-साना बाइसे चौबिसे राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गर्ने पृथ्वीनारायणको स्मरण गर्दै उनले राजावादीले मात्र नभएर सबैले पृथ्वी जयन्ती मनाउनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीले अनेकताबीच एकताको परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएकोले उनको दिव्योपदेश अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको सुनाए ।

२०१२ सालदेखि पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ । यो दिवस राष्ट्र एकीकरण अभियानका सबै वीर योद्धाप्रति पनि समर्पित छ ।

नेपाललाई सबैको साझा फूलबारी हो भन्ने राजा पृथ्वीनारायणको जन्म विक्रम सम्वत् १७७९ पुस २७ गते पिता राजा नरभूपाल शाह र आमा कौशल्यावती देवीबाट भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!