विराटनगर । विराटनगर जेसिजको ५२ औं अध्यक्षको रूपमा प्रीतेशराज दाहालले पदभार ग्रहण गरेका छन् । २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका दाहालले पदभार ग्रहण गरेका हुन् ।
वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शङ्कर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभास भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल तथा जनसम्पर्क अधिकारीमा निर्वाचित अभिषेक गौतमले पनि पदभार ग्रहण गरेका छन् ।
२०२४ का अध्यक्ष तुलसी निरौलाले नवनिर्वाचित अध्यक्ष दाहाललाई सपथ खुवाएका थिए भने अध्यक्ष दाहालले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ खुवाएका थिए ।
अध्यक्ष दाहालले महासचिवमा प्रवेश दुलाल, कानुनी सल्लाहकारमा रमेश अधिकारी, कोषाध्यक्षमा रञ्जन कुमार शाही र सह-सचिवमा सविन अधिकारीलाई मनोनित गर्दै १५ सदस्यीय बोर्डलाई पूर्णता दिएका थिए ।
पदस्थापन कार्यक्रममा वर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरूलाई सम्मानित गरिएको थियो । लक्ष्मी स्मृति उत्कृष्ट शाखा पदाधिकारीबाट रञ्जन कुमार शाही, धनगङ्गा अवार्ड बाट मनोज तिवारी, सुर्य कस्तुरी उत्कृष्ट सदस्य अवार्डबाट प्रवेश दुलाल, उत्कृष्ट सुपरीवेक्षण अवार्डबाट अनुराग निरौला सम्मानित भए ।
यसैगरी क्षेत्र ‘क’ बाट नेपाल जेसिजमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पदाधिकारीहरूलाई सम्मानित गरिएको थियो । जसमा राष्ट्रिय कानुनी सल्लाहकार सुनिल तिमल्सिना, राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई, उज्ज्वल काबरा र राघव कोइरालालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका उप-सभामुख इन्दिरा राना मगर, कोशी प्रदेशसभा सदस्य भीम पराजुली, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष फूलकुमार लालवाणीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।