संगालोखबर


विराटनगर । विराटनगर प्राइम राउन्ड टेबल १० ले विराटनगर-१९ घिनाघाट स्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मकर संक्रान्तिको अवसर पारेर एक सय ५० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष भास्कर सोनी लगायत प्रतिनिधिहरूले विद्यार्थीहरूलाई स्विटर वितरण गरेका हुन् । आज सार्वजनिक विदा भएपनि शिक्षक र बालबालिकालाई विद्यालयमा बोलाएर स्विटर वितरण गरिएको  हो ।

Advertisement

व्यवस्थापन समितिका अध्यक्ष भोजराज जमरकट्टेलका अनुसार विद्यालयमा ९५ प्रतिशत बालबालिका सुकुम्बासी बस्तीका छन् । उनीहरूलाई जाडोको समयमा विद्यालय आउन मुस्किल परिरहेको अवस्थामा राउन्ड टेबलले न्यानो कपडा वितरण गरेकोमा कट्टेलले धन्यवाद दिए ।

उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताए । उनले यस विद्यालयलाई नमूना बनाउन आफू अग्रसर रहेको समेत उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथि जितु बहितीले न्यानो कपडा पाएपछि बालबालिकाहरूलाई राहत मिलेको बताए । उनले विद्यालयमा थप सहयोग गर्ने उद्घोष गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!