विराटनगर । विराटनगरमा माघ ११ गतेबाट विराट एक्स्पो सुरु हुने भएको छ । आयोजक उद्योग सङ्गठन मोरङले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी भइरहेको जानकारी दिएको हो ।
विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा हुने एक्स्पो १० दिन अर्थात माघ २० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, अटोमोबाइल्स, सूचना तथा डिजिटल प्रविधि लगायतका २६८ स्टल रहने एक्स्पो व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
एक्स्पोमा हरेक साँझ सांस्कृतिक कार्यक्रम हुनेछ । तृष्णा गुरुङ, अस्मिता अधिकारी, एकदेव लिम्बू, स्वप्न सुमन लगायत कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिनेछन् । साथै स्थानीय कलाकारहरूको पनि साङ्गीतिक प्रस्तुती रहने उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।
२०५३ सालमा पहिलो पटक कोशी महोत्सव गरेको उद्योग सङ्गठन मोरङले त्यसपश्चात् विभिन्न नाममा एक्स्पो गर्दै आएको छ । एक्स्पोको यो आठौँ संस्करण हो ।
भिडियो…