पाँचथरमा भेटियो दुई महिलाको शव
पाँचथर । पाँचथरमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको हो । कुम्मायक गाउँपालिका-३ स्याब्रुम्बामा एक जनाको शव भेटिएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहले संगालोखबरलाई जानकारी दिए ।
उक्त शवको कम्मरमुनिको माग नभएकाले पहिचान खुल्न बाँकी रहेको साहले बताए । उनले संगालोखबरसँग भने, ‘शवको कम्मरमुनिको भाग छैन । ट...






























