पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु
विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु भएको छ । सोमबार साँझदेखि परेको पानीले हेवा खोलाको डाइभर्सन पार गरेपछि अवरुद्ध भएको मेची राजमार्ग पानीको सतह घटेसँगै सुचारु भएको हो ।
प्रहरीका अनुसार हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेका सवारी साधन बाटोमा नै रोकिएका थिए ।
अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ गइसकेको जि...





























