संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको फिदिममा आज बिहान श्रीमानले चलाएको स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते छन् । नाँगीनदेखि फिदिम आउँदै गरेको प्रदेश ०१-०३-००१ प ५२७१ नम्बरको स्कुटर बिहान ७ः३० बजे फिदिम–११ स्थित फेवादिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी फिदिम १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

उनी, ७० वर्षीय श्रीमान हेमकुमारले चलाएको स्कुटरको पछाडि बसेकी थिइन् । दुर्घटनामा सडकदेखि ५० मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको भएपनि अस्पतालमा डाक्टरले मृत घोषित गरे ।

दुर्घटनामा श्रीमान हेमकर्ण पनि घाइते छन्, उनको दाहिने खुट्टा भाँचिएको छ । पाँचथर अस्पतालमा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!