संगालोखबर
फाइल तस्बिर

विराटनगर । पाँचथरमा पहिरोले पुर्दा थप एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-१ साँगेबोटेमा पहिरो घर पुर्दा फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेतिर झरेको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार फिदिम-१ का ५० वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, ५५ वर्षीय धनकुमार तुम्बापो र २१ वर्षीया सरस्वती तुम्बापो बेपत्ता भएका हुन् ।

Advertisement

उनीहरू सबै फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी रहेका प्रहरीले उल्लेख गरेको छ । उनीहरू स्थानीय राजकुमार नेम्बाङको घरमा भाडामा बस्दै आएका थिए ।पहिरोमा परेर घाइते भएका दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । बेपत्ताको खोजी कार्य भइरहेको पाँचथर प्रहरीले जनाएको छ

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!