संगालोखबर


पाँचथर । पाँचथरमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको हो । कुम्मायक गाउँपालिका-३ स्याब्रुम्बामा एक जनाको शव भेटिएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहले संगालोखबरलाई जानकारी दिए ।

उक्त शवको कम्मरमुनिको माग नभएकाले पहिचान खुल्न बाँकी रहेको साहले बताए । उनले संगालोखबरसँग भने, ‘शवको कम्मरमुनिको भाग छैन । टाउकोमा कपाल पनि छैन । हातको औँलामा नङपालिस भएकाले महिलाको शव होकी भन्ने अनुमान छ । शव पुरै सडेको अवस्थामा रहेकाले पहिचान हुन समस्या भएको छ । उमेर ४० वर्ष जस्तो अनुमान गरेका छौं ।’

Advertisement

बाढीमा बेपत्ता मध्ये कसैको शव हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । शव पाँचथर अस्पतालमा राखिएको र बेपत्ता परिवारका सदस्यलाई खबर गरेर पहिचान गराउने काम भइरहेको उनले बताए ।

यसैगरी फालेलुङ गाउँपालिका-७ की ५५ वर्षीया देवीमाया रिमाल तामाङको शव भेटिएको उनले जानकारी दिए । प्रहरी निरीक्षक साहका अनुसार असोज १२ गते माइत जान्छु भनेर हिँडेकी उनको शव भोटे गाउँ स्थित सडकमा भेटिएको हो ।

उनले भने, ‘उहाँको मानसिक अवस्था पनि ठीक रहेनछ । माइत जान्छु भनेर हिँड्नुभएको रहेछ ।’ उनको शव पोष्टमार्टम पश्चात आज परिवारको जिम्मा लगाइसकिएको साहले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!