तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो
धनकुटा । तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो ।
सो सडकखण्ड ११० किलोमिटर छ । जसमध्ये मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको हो । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने ज...





