संगालोखबर
फाइल तस्विर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा चाडपर्वको समयमा भक्तजनको सङ्ख्या बढ्ने अपेक्षाका साथ आवश्यक तयारी थालिएको छ ।

भक्तजनहरूको सुविधाका लागि पाथीभरा क्षेत्र विकास समितिले खानेपानी, आवासलगायतको सेवासुविधालाई मध्यनजर गर्दै तयारी थालेको हो ।

Advertisement

भदौमा नौ हजार बढी भक्तजनले पाथीभरा मन्दिरको दर्शन गरेका समितिले जनाएको छ । साउनमा एक हजार बढी भक्तजनले दर्शन गरेकामा भदौमा भक्तजनको सङ्ख्या बढेको हो ।

चाडपर्वको समयमा थप सङ्ख्या बढ्ने समितिको अनुमान छ । साउन र भदौमा मन्दिरमा १८ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रम हुने भएकाले भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!